काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तरक्रिया गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा डायस्पोराको थप योगदान आवश्यक रहेको बताउनुभयो।


न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावाद्वारा आयाेजित कार्यक्रममा डायस्पोराका केहि प्रतिनिधि सदस्यहरूले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन तथा नेपालको विकासमा डायस्पोराको सम्भावित योगदानका विषयमा प्रस्तुति दिएका थिए।
मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँले डायस्पोरासँग सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उनीहरूको योगदान अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।











प्रतिक्रिया