काठमाडौँ ।
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले त्यहाँ कार्यरत कर्मचारीलाई सार्वजनिक बिदाका दिनसमेत काठमाडौँ उपत्यका बाहिर नजान निर्देशन दिएको छ।
मौसमको अवस्था र आउन सक्ने विपद्लाई ध्यानमा राखेर प्रधान कार्यालयमा कार्यरत स्ट्यान्डबाई ड्युटीबाहेकका कर्मचारीलाई समेत उपत्यका नछाड्न भनिएको हो।
आवश्यक परेको अवस्थामा तत्काल कार्यालयमा उपस्थित हुन सक्ने गरी सार्वजनिक बिदाका दिन पनि सबै कर्मचारी सम्पर्कमा रहनुपर्ने प्रधान कार्यालयले जनाएको छ।
सम्भावित विपद्को प्रतिकार्य, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधान कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ। आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी जनशक्ति तयारी अवस्थामा राखिएको प्रधान कार्यालयको भनाइ छ।
सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सम्भावित विपद्जन्य जोखिमलाई ध्यानमा राखेर कर्मचारीलाई उपत्यका नछाड्न निर्देशन दिइएको हो।











प्रतिक्रिया