काठमाडौं ।
नेकपा (एमाले) ले ७ जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
मनोनीत भएका नेताहरूको नाम अब केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिनेछ।
यसैबीच, सचिवालय बैठकले पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्तावसमेत अघि सारेको छ।











प्रतिक्रिया