काभ्रे ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७, कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीच खोलामै फसेको छ।
आज २०८३ असोज ७ गते बिहान ९ः५० बजे बस खोला तर्न नसकी खोलाको बीचमा रोकिएको जानकारी प्राप्त भएपछि विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट सप्रसनी सुमन बुढाथोकीको कमान्डमा १० जना डिजास्टर म्यानेजमेन्ट (डीएम) टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्राप्त जानकारीअनुसार बसमा रहेका यात्रुहरूलाई सुरक्षित स्थानमा राखिएको छ। उद्धार टोलीले बसलाई खोलाबाट सुरक्षित रूपमा निकाल्ने तथा यात्रुहरूको अवस्थाबारे आवश्यक व्यवस्थापन गरिरहेको छ।











प्रतिक्रिया