बुद्धिकान्तले हाँक्ने भए भरतपुर कांग्रेस

0
Shares

चितवन ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा न्यौपानेले ६ सय ६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो।

सभापति पदमा न्यौपानेका निकटतम प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४ सय १३ मत प्राप्त गर्नुभयो। त्यस्तै, अर्का उम्मेदवार कृष्ण विलास अधिकारीले १ सय ५९ मत प्राप्त गर्नुभयो।

निर्वाचनबाट भरतपुर महानगर कार्यसमितिको उपसभापतिमा मित्रनिधि तिवारी निर्वाचित हुनुभएको छ। तिवारीले ७ सय १५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी रेशमबहादुर देउजाले ४ सय ७७ मत ल्याउनुभएको छ।

महानगर कार्यसमितिको सचिवमा सुमित पराजुली निर्वाचित हुनुभएको छ। महिला उपाध्यक्षमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा भने सर्वसम्मत चयन हुनुभएको छ।

नयाँ नेतृत्व चयनसँगै भरतपुर महानगरमा कांग्रेसको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने जिम्मेवारी नवनिर्वाचित कार्यसमितिमाथि आएको छ। अधिवेशनले महानगरका विभिन्न तहमा पार्टीको सांगठनिक गतिविधि प्रभावकारी बनाउने नेतृत्व चयन गरेको हो।