ग्रिनल्यान्ड र युनिक नेपालको जित


काठमाडौं, (नेस) ।

ग्रिनल्यान्ड र युनिक नेपालले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ग्रिनल्यान्डले जनप्रेमीलाई ५२–४६ तथा युनिकले नेक्सस्लाई ५७–४९ ले पराजित गरे । ग्रिनल्यान्डका जेसन तामाङले १४ तथा युनिकका रोशन खड्काले ३५ अंक जोडे ।

नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बीडिएसले नाइटिङ्गेललाई ९३–११, नवोदितले एभरेष्टलाई ४७–२९, त्रिज्योतिले निस्ट, भक्तपुरलाई ४९–२३, भ्याली पब्लिकले एलआरआईलाई ५१–३९, अक्षराले द एक्सेल्सियर स्कुललाई ३०–११ लाई पराजित गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।