काठमाडौँ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई पन्छाएर सबैभन्दा बढी रकम कबोल गर्ने कम्पनीलाई सडक निर्माणको ठेक्का दिई सरकारलाई ७३ लाख ६१ हजारभन्दा बढी रुपैया“ नोक्सानी पु¥याएको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले त्रिपुरासुन्दरी नगरपालिकाको उक्त बदमासी बाहिर आएको हो। प्रतिस्पर्धीलाई प्रक्रियाबाट हटाउनेदेखि कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव अस्वीकृत गरी बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिने काममा मिलेमतो भएको निष्कर्ष निकाल्दै अख्तियारले संलग्न पदाधिकारी तथा निर्माण व्यवसायी विरुद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
प्रतिस्पर्धी कम्पनीलाई प्रक्रियाबाट बाहिर पार्नेदेखि कम कबोल गर्नेलाई अस्वीकार गरी मह“गो कम्पनीलाई ठेक्का दिने काम मिलेमतोमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू लालप्रसाद पोखरेल र हिराचन्द्र धराला, नगरपालिकाका तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भिमबहादुर थापा, एमआईएस अपरेटर हरिचन्द्र विष्टको संलग्नता रहेको अख्तियारले जनाएको छ। बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिर कुमार गुरुङले छल निर्माण सेवा प्रा.लि.,दुनै, डोल्पाका प्रोप्राइटर दिपचन्द्र रोकासँग मिलेमतो गरी सो कार्य गरेको बताइएको छ।
नगरपालिका–६ स्थित हरियापानी, पालुङ र माझफाल हु“दै रुकुम जोड्ने सडक निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा १ करोड ८७ लाख ३२ हजार ८ सय ८० रुपैया“ ८६ पैसा लागत अनुमान स्वीकृत गरिएको थियो।२०७९ वैशाख २५ गते बोलपत्र आह्वान गरिएकामा जेठ २४ गते बोलपत्र खोल्दा सात निर्माण व्यवसायीले प्रतिस्पर्धामा भाग लिएका थिए। अख्तियारको अनुसन्धानअनुसार बोलपत्र मूल्यांकनकै क्रममा उनीहरूले लक्षित निर्माण कम्पनीलाई ठेक्का दिलाउने गरी प्रक्रिया अघि बढाएका थिए। प्रोप्राइटर वा सञ्चालकको नागरिकताको प्रमाणपत्रसम्बन्धी शर्तलाई आधार बनाएर लक्षित कम्पनीबाहेकका अन्य बोलपत्रदातालाई अयोग्य ठहर गर्दै प्रतिस्पर्धाबाट बाहिर पारिएको आयोगको दाबी छ।
यसरी प्रतिस्पर्धीहरूलाई हटाएपछि बा“की बोलपत्रको मूल्यांकंन गर्दा सबैभन्दा कम रकम कबोल गर्ने निर्माण सेवा कम्पनीको ३० लाख ९९ हजार ८ सय १८ रुपैया“ ४४ पैसाको बोलपत्रसमेत उत्तीर्ण नगराई अस्वीकृत गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानले बताउनुभयो। त्यसपछि सबैभन्दा बढी रकम कबोल गर्ने छल निर्माण सेवा प्रालि दुनै डोल्पालाई ठेक्का दिइएको थियो।
छल निर्माण सेवा प्रालिले १ करोड ४ लाख ६१ हजार ७ सय ७२ रुपैया“ १ पैसा कबोल गरेको थियो। कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव अस्वीकृत गरी बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दि“दा दुई बोलपत्र बीच ७३ लाख ६१ हजार ९ सय ५३ रुपैया“ ५७ पैसाको फरक परेको अख्तियारले जनाएको छ । त्यसैगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशनमा समेत खरिदसम्बन्धी कानुनी व्यवस्थाको उल्लंघन गरिएको आयोगको दाबी छ । बोलपत्रदाताले पुनरवलोकनका लागि निवेदन दिन पाउने सात दिनको अवधि पूरा हुनुअघि नै सूचना प्रकाशन गरी अन्य बोलपत्रदातालाई निवेदन दिने अवसरबाट वञ्चित गरिएको अभियोगपत्रमा उल्लेख छ ।











प्रतिक्रिया