रहेनन् ‘क्रोधकला शिरोमणि’ कालु कुमाले

376
Shares

 ‘क्रोध शिरोमणि कुमालेले निर्माण गर्नुभएको मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरबकोमूर्ति, धन्वन्तरि बराहीमूर्ति, संखमूलको रहेको राधारुक्मणी मूर्ति,त्यागलको गणेश र भैरवको मूर्ति, महाबुद्धको बज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण, मन्थली रामेछापको नागदेव, सहित १३ देवी मन्दिरका मूर्ति प्रसिद्ध छन् ।

 काठमाडौँ ।

 क्रोधकला शिरोमणि कालु कुमालेको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा आज मंगलबार बिहान साढे १२ बजे निधन भएको हो । ९४ वर्षको उमेरमा पनि युवाजस्तै मूर्ति तयार गरिरहने कुमालेको हातिबन स्थित निजी निवासमा निधन भएको हो ।

नेपाली बौद्धकलामा आधारित क्रोध मुद्राको मूर्ति बनाउन खप्पिस क्रोध शिरोमणि कुमाले परम्परागत घातु मूर्तिकलाको रचयिताको रुपमा चिनिन्छ । ९४ वर्षको उमेरमा पनि निरन्तर कर्मयोग गरिरहनुभएका शिरोमणि कुमाले अहिलेपछि आफ्ना चेलालाई निरन्तर मूर्तिकलाको ज्ञान बाँडिरहनुभएको थियो ।  
चीन, बेलायत, भारतलगायत झन्डै दुईदर्जन बढी मुलुकमा नेपाललाई मूर्तिकलाका माध्यमबाट चिनाउने कुमाले नेपालको आधुनिक मूर्तिकलाको पिताम्हको रुपमा चिनिन्छ ।

तस्बिरहरु : अजय देशार

 क्रोधकलाकै मूर्ति बनाएर विश्वभर चिनिनुभएका कुमालेलेको औपचारिक शिक्षा खासै छैन । सानैदेखि बुवाकै विंडो थामेर मुर्तिकारको परिचय बनाउनुभएका कुमाले बाउबाजेको पालादेखि नै मूर्तिकलालाई पेसागत रूपमा अँगाल्नुभएको  छ ।

आफ्नो प्रेरणाको स्रोत वुवालाई मान्ने कुमाले ७० वर्षअघि बुबासँगै वर्षैपिच्छे एकमहिना माटाका भाँडाकुँडा बनाई मच्छिन्द्रनाथ, मीननाथ, आदिनाथमा चढाउने गर्नुहुन्थ्यो । त्यसबेला मेलाको लागि माटाका भाडा अनिवार्य थियो । माटो पाइने जमिन नभएपछि कुमाले परिवारले उक्त पेसा परिवर्तन गर्नुभयो । त्यसबेलादेखि माटोको भाडोको सट्टा तामा र चाँदी , पित्तल लगायतका भाडा प्रयोग गर्न थालियो ।  

  उहाँको कामको कदर गर्दै विसं २०७३ साल वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले क्रोध कलाशिरोमणिको उपाधि प्रदान गरेको थियो । उहाँले  गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान, सुप्रसिद्घ प्रवल जनसेवाश्री पदक, सगरमाथा प्रतिष्ठान सम्मान लगायत दर्जनौँ सम्मान  र पुरस्कार पाइसक्न भएको छ ।

 कुमालेले सिर्जना गरेको मूर्ति नेपाल बाहेक देशका मठ–मन्दिर र गुम्बामा उहाँले बनाएको मूर्ति पुगेको छ । लन्डनको भिक्टोरिया एन्ड अल्बर्ट सङ्ग्रहालयमा समेत उहाँको कृति छ । उहाँ मूर्ति  बनाउन कुमाले तिब्बत पुग्नुभएको छ । भुटान हङकङ, थाइल्यान्ड, सिंगापुर, जापान कोरियासम्म उहाँ पुग्नुभएको छ । उहाँले बनाएका मूर्ति पुगेका छन् ।

कुमालेले दलाइ लामाका लागि समेत मूर्ति बनाउनुभएको छ । लामा सन् १९७६ मा अजिमा बनाउने व्यक्तिको खोजीमा पाटन आएका थिए । त्यसबेला लामा कालु भेट्न  आउनुभएको थियो , धर्मगुरु लामाकै आग्रहमा अजिमा निर्माण गर्नुभएको थियो ।
 कुमालेले निर्माण गर्नुभएको मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरवको मूर्ति, धन्वन्तरि बराही मूर्ति, संखमूलको रहेको राधारुक्मणी मूर्ति, त्यागलको गणेश र भैरवको मूर्ति, महाबुद्धको बज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण, मन्थली रामेछापको नागदेव, सहित १३ देवी मन्दिरका मूर्ति प्रसिद्ध छन् ।

उहाँले छ्वास्कामुनी अजिमा, बज्रयोगिनी, महिषसम्बर, चक्रसम्बर, कालचक्र, काम्यु महांकाल, सिपिज्याल्म्यो, बज्रपाणी बाृधिसत्व, डाकिनी, गरुड, सेतो महांकाल, भैरब, कालभैरब लगायतका क्रोधरुपी मूर्ति बनाइसक्नुभएको छ ।

 पछिल्लो समय दुईवर्षअघि पाटन संग्रहालयलाई बाराही जोगिनीको ६ फिट ४ इन्चको मूर्ति दिएर आफु जिवीतै रहदा एउटा इच्छा पूरा गर्नुभएको थियो । ९४ वर्षको वर्षको उत्तरार्धमा पनि क्रोधकलाको मूर्ति बनाए विश्वप्रशिद्ध हुनुभएका कुमालेले सङ्ग्रहालयमा आउने पर्यटकलाई आफ्नो क्रोधकलाको परिचय दिन मूर्ति हस्तान्तरण गर्नुभएको थियो । त्यसबेला मुर्तिहस्तान्तरण गर्दै उहाँले कार्यालय प्रमुख मञ्जु भण्डारीलाई भन्नुभएको थियो– यो मूर्तिलाई राम्ररी राख्नु है ।
कालु कुमालेले जीवनभर गरेका सिर्जनामध्ये सबैभन्दा सानो धातुमूर्ति हखाः बहालस्थित सूर्यमान बज्राचार्यको घरमा प्रत्येक वर्ष मुखाअष्टमीको ब्रत पूजामा राख्न बनाइएको साढे एक इन्चको तारा र तीन इन्चको अमोघपास लोकेश्वर हो भने सबैभन्दा ठूलो अर्घाखाँची दरबार परिसरमा स्थापित १७ फिट र २१ फिटको शान्त अर्घा भगवतीको मूर्ति रहेको बताइन्छ ।

 उहाँले तयार गरेको धातुको विशाल आकृतिजन्य मूर्तिहरू हेर्दा लाग्दछ, त्यो मूर्तिभित्र मूर्तिकारले प्राण भरिदिएका छन् र ती प्राणसहितको मूर्तिले हामी पापीहरुलाई दण्ड सजाय दिन तयार छ । अनि यस्तो उग्रभावको मूर्ति सिर्जना गर्ने कालु पनि त्यस्तै भयानक उग्र स्वभावका होलान् । तर, वास्तविकतामा उहाँलाई भेट्दा उहाँद्वारा सिर्जित क्रोधकलाको मूर्तिहरुभन्दा ठ्याक्कै उल्टो । उहाँ त सौम्य, शान्त शीतल अर्थात् कलियुगीय बुद्धजस्तै  । तर उहाँले तयार गरेका सबै मूर्ति क्रोधमा आधारित हुन्थे ।

आज निधन भएका कुमालेको पार्थिव शरीरलाई भोली बुधवार अन्तेष्टी गर्ने कार्यक्रम रहेको कलाकार अजय देशारले बताए । उनका अनुसार कुमालेको पार्थिव शरीरलाई भोली बिहान साढे ९ बजे अन्तिम श्रद्धाञ्जलीको लागि ललितकला प्रतिष्ठानमा राखिने छ  । भने दिउसो बालकुमारी स्थित आर्यघाटमा अन्तेष्टी गरिनेछ ।

यस्तो छ उहाँको व्यक्तिगत विवरण