नवलपरासी।
पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर आएकाे अवैध मदिरासहित भारतीय नम्बरको कार नियन्त्रणमा लिइएको जनाएको छ ।
जिप्रका नवलपरासी पश्चिमका सुचना अधिकारी प्रनाउ मदन थापाका अनुसार आइतबार बिहान पाल्हिनन्दन १ बाट भारतबाट कारमा राखी भन्सार छलि ल्याएकाे २ सय ७४ थान ओल्डमङ्क रम नियन्त्रणमा लिएको हाे ।
स्थानीय ईप्रका महेशपुरबाट चेकिङ्गमा खटिएकाे प्रहरी टोलीद्वारा सवारी जाँचका क्रममा नियन्त्रणमा लिएको अन्दाजी ५ लाख ४८ हजार मूल्यको मदिरा र ३५ लाख मुल्यकाेे युपी ३२ युटी ५६८९ नम्बरकाे कार सहित सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरेकाे प्रहरीले जनाएको छ ।











प्रतिक्रिया