विराटनगर ।
राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्। उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन। साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार दाहाललाई पक्राउपछि काठमाडौं पठाउने तयारी गरिएको छ। उनी पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए।
दाहाल बेलबारीमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए। उक्त कार्यक्रमबारे भने प्रहरीलाई कुनै जानकारी नभएको प्रहरी उपरीक्षक कटुवालले बताएका छन्।











प्रतिक्रिया