रसुवा ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्।
नेपाली सेनाका अनुसार असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ती शव फेला पारेको हो।
बाढीका कारण आयोजनास्थलबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्। बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया