काठमाडौं ।
संविधानविद् डा. भीमार्जुन आचार्यले संविधान नागरिकको सुरक्षा, मर्यादा र स्वतन्त्रताको संरक्षणका लागि भएको बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले भिन्न मतको सम्मान, सरकारको जवाफदेहिता, साझा हितको रक्षा तथा सामाजिक स्थायित्व र स्थिरता संविधानका महत्वपूर्ण आधार भएको उल्लेख गरेका छन्।
उनले वास्तविक विधिको शासन र अहंकाररहित सीमित नागरिक सरकार संविधानको मूल मर्म भएको बताउँदै संविधान दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन्।











प्रतिक्रिया