१३ देशका लागि राजदूत सिफारिस, को कहाँ?


काठमाडौं।

सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारले यसअघि राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको थियो।

सिफारिस राजदूत

१. डा. निश्चलनाथ पाण्डे- भारतका लागि प्रस्तावित राजदूत

२. डा. कल्याणराज शर्मा- चीनका लागि प्रस्तावित राजदूत

३. चिरनजंग थापा- संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त)- संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत

५. जिग्यान कुमार थापा- जापानका लागि प्रस्तावित राजदूत

६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत

७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत

८. शारू जोशी – जर्मनीका लागि प्रस्तावित राजदूत

९. डा. पद्माक्षी राणा – ओमानका लागि प्रस्तावित राजदूत

१०. चूडामणि खरेल – मलेसियाका लागि प्रस्तावित राजदूत

११. प्रा. डा. सङ्गम श्रेष्ठ – दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत

१२. डा. मंचल झा – श्रीलंकाका लागि प्रस्तावित राजदूत

१३. गिरीबहादुर सुनार – साउदी अरेबियाका लागि प्रस्तावित राजदूत