सर्वदलीय बैठक बोलाए रवि लामिछाने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।