नवलपरासी।
वर्षायाममा विशेषगरी मानिसहरूमा देखा पर्ने डेंगु,जापनिज ईन्सेफलाइटिस र स्क्रवटाइफस जस्ता राेगबाट जाेगिन विज्ञहरूले सुझाएका छन् ।
देवचुली नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं विषय विज्ञ डा.कमलराज न्याैपानेले डेंगु,जापनिज ईन्सेफलाइटिस राेग लामखुट्टेकाे टोकाइबाट मानिसमा सर्ने हुँदा यसकाे नियन्त्रण र राेकथाम जाेडदिनु पर्ने बताए ।
डा.न्याैपानेले डेंगु,जेई र स्क्रवटाइफसका लक्षणहरूमा मानिसकाे शरीरमा ज्वराे देखिने हुँदा यसलाई सामान्य रूपमा नलिई तुरुन्त अस्पताल पुगेर स्वास्थ्य जाँच गर्न सुझाए ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी पूर्वकाे आयाेजनामा मंगलबार सदरमुकाम कावासाेतीमा आयाेजित डेंगु,जापनिज ईन्सेफलाइटिस र स्क्रवटाइफस नियन्त्रण तथा राेकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उक्त जानकारी दिईएकाे थियाे ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पाेखराका जनस्वास्थ्य अधिकृत प्रविण कुमार खनालले जापनिज ईन्सेफलाइटिस राेगकाे वर्तमान अवस्था,राेग सार्ने माध्यम लामखुट्टे नियन्त्रण र राेकथामका बिषयमा सराेकारवालाहरू माँझ प्रकाश पारेका थिए ।
त्यसै गरि जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी डिल्लीराम तिवारीले डेंगु राेगकाे लक्षण,जिल्लामा राेगकाे अवस्था र प्रभाव एवं नियन्त्रणका विषयमा प्रस्तुति राखेका थिए ।
कार्यक्रमका अध्यक्ष एवं प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख डा.केशव चापागाईंले वर्षादका समयमा नै बढी देखिने डेंगु,जेई र स्क्रवटाइफस राेगकाे राेकथाम, नियन्त्रण र सचेतना वृद्धिमा स्थानीय निकाय,सरकारी कार्यालय,बिद्यालय क्षेत्र सहितका सबै सराेकारवालाहरूकाे अहंम भूमिका रहने बताए ।

उनले लामखुट्टे,माईट र सर्प जस्ता हानिकारक वस्तुहरूबाट आफू र आफ्नाे समाजलाई जाेगाउन अवकाे करिव २ महिना सबैले आ-आफ्नो क्षेत्रबाट सचेतना अभियानमा लागि रहन आग्रह गरेका थिए ।
कार्यक्रममा राेगलागे पछि उपचार भन्दा राेगै लाग्न नदिन र डेंगु,जापनिज ईन्सेफलाइटिस बच्न हाम्रा घर,आगन,भान्सा,चाेक चाैराहा,टायर मर्मत केन्द्र,कवाडखाना,फाेहर संकलन स्थलमा नियमित सरसफाइ गर्नु पर्ने कुरामा जाेडदिईएकाे थियाे ।











प्रतिक्रिया