ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो


काठमाडौँ । 

ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको घुइँचो लागेको छ।

भाद्र शुक्ल पञ्चमीका दिन ऋषेश्वर मन्दिरमा पूजा तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ। ऋषि पञ्चमीमा महिलाहरूले बिहानै स्नान गरी दत्तिवनले दाँत माझ्ने तथा गोबर, माटो र खरानी प्रयोग गरेर शुद्ध हुने धार्मिक परम्परा रहेको छ।

ऋषि पञ्चमीलाई तीज पर्वसँग जोडिएको महत्वपूर्ण धार्मिक दिनका रूपमा मनाउने गरिन्छ।