काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि तीन समिति गठन गरेको छ।
महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले अनुशासन समिति, विधान मस्यौदा समिति र सदस्यता व्यवस्थापन समितिका संयोजक मनोनयन गरेका हुन्।
जसअनुसार अनुशासन समितिको संयोजकमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिको संयोजकमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिको संयोजकमा किरणराज शर्मा मनोनित भएका छन्।
समूहको सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले समितिका संयोजक मनोनयन गरिएको जानकारी दिएका हुन्।











प्रतिक्रिया