काठमाडौँ ।
प्रथम महिला सविता पौडेलले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नुभएको छ।
पशुपतिनाथ मन्दिरमा उहाँले भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना गरी मूल अर्चक गणेश भट्टबाट टीका तथा फूलप्रसाद ग्रहण गर्नुभयो। पशुपति क्षेत्र पुग्दा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो।
तीजका अवसरमा पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै व्रतालु महिलाको भीड लागेको थियो। बिहान १० बजेपछि व्रतालुको लाम बढ्दै गएको र अपराह्नपछि भक्तजनको संख्या अझ बढेको छ।











प्रतिक्रिया