काठमाडौं ।
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले गरेको बैठकमा सहभागी भएपछि उनलाई पक्राउ गरिएको हो।
अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी वृत्त दरबारमार्गले उनलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
तामाङ नयाँबजारमा ‘ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि’ सञ्चालन गर्दै आएका थिए।











प्रतिक्रिया