एमालेको समीक्षा प्रतिवेदन एक बनाउन तीन नेता अघि


काठमाडौँ।

नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले छुट्टाछुट्टै आएका दुई प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ।

काभ्रेको बल्थलीमा दुई दिनसम्म बसेको कार्यदल बैठकमा प्रतिवेदनका विषयमा सहमति हुन नसकेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको हो।

थापा कार्यदलका संयोजक तथा पोखरेल सदस्यसचिव हुन्। तीन नेताले दुवै प्रतिवेदनका विषय समेटेर एकीकृत प्रतिवेदन तयार गर्नेछन्।