काठमाडौँ ।
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९, अघोर बजारनजिक सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान करिब ९ः४० बजे सडकको तल्लो भाग भासिएपछि राजमार्गमा समस्या आएको मकवानपुर प्रहरीले जनाएको छ। सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी ट्
सडक खुलाउन इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली परिचालन गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि हेटौंडा–काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ।











प्रतिक्रिया