काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सोमबार अधिकांश भूभागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया