कृष्णभीरमा एकतर्फी सडक सञ्चालनमा,बिहीबारबाट दुईतर्फी चल्ने


काठमाडौं । 

कृष्णभीरमा आंशिक सडक सञ्चालनकाठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ।

दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म निर्माणको काम सकिएपछि सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो।तत्कालका लागि अड्किएका ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए।भित्तातर्फ नाली निर्माणको काम बाँकी रहेकाले बिहीबारसम्म उक्त काम सम्पन्न गरी सडकलाई दुईतर्फी सञ्चालनमा ल्याइने उनले बताए।

गत भदौ १० गते आएको त्रिशूली बाढीले कृष्णभीरको सडक कटान गरेपछि उक्त सडक अवरुद्ध भएको थियो। त्यसयता सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गर्दै काठमाडौं आवतजावत गरिरहेका थिए।