काठमाडौं ।
रसुवा–भोटेकोशी बाढीबाट कुल २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी अध्ययनले देखाएको छ। बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।
सरकारले गठन गरेको रसुवा–भोटेकोशी बाढी २०८३ द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। सबैभन्दा बढी क्षति ऊर्जा क्षेत्रमा १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबर भएको छ।
यस्तै, सडकमा २२ अर्ब, पुलमा ११ अर्ब ३५ करोड, खानेपानी तथा सरसफाइमा १ अर्ब ३८ करोड र सिँचाइमा १ अर्ब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
निजी तथा सार्वजनिक घर, विद्यालय, स्वास्थ्य चौकी र सांस्कृतिक संरचनामा समेत गरी ६७ अर्ब ८४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रतिवेदनअनुसार शीघ्र पुनरुत्थान कार्यक्रमका लागि करिब ९ अर्ब रुपैयाँ आवश्यक पर्नेछ।











प्रतिक्रिया