काठमाडौं ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही सकारात्मक काम भइरहेको बताएका छन्।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले करिब ५० वर्षदेखि काठमाडौं बिग्रिन थाले पनि पछिल्लो समय सुधारका प्रयास देखिन थालेको बताए।
उनले काठमाडौंका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। काठमाडौंलाई ‘देवताहरूको सहर’का रूपमा चित्रण गर्दै उनले महानगरवासीले आफ्नो सम्पदा र सहरको संरक्षणमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाइ र सौन्दर्यबारे प्रशंसा गरेको भिडियो हेर्दा आफूलाई नेपाली भएकोमा गर्व लागेको आचार्यले बताए।
उनले महानगरमा भइरहेका सकारात्मक कामलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सौन्दर्यमा थप ध्यान दिनुपर्ने सुझाव दिए।











प्रतिक्रिया