जेनजी विद्रोहपछि पनि जनतामा आशा जागेन : लिङदेन


काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने वातावरण बन्न नसकेको बताउनुभएको छ।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको बताउनुभयो। उहाँले विद्रोहपछि राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको तथा मुलुकको भविष्यबारे अन्योल गहिरिँदै गएको दाबी गर्नुभयो।

लिङदेनले विद्रोहको उद्देश्यअनुसार अपेक्षित परिवर्तनको अनुभूति जनताले गर्न नसकेको बताउँदै देश अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो।