भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता


काठमाडौं ।

भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन् ।

फेला परेका शवमध्ये १ हजार २ सय ८ वटा व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २३ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ । अझै ४ हजार ८९ जना बेपत्ता छन् भने २ हजार ७ सय ३९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।