काठमाडौं ।
नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले पुनर्लिखित प्रतिवेदन पेस गर्ने तयारी छ।
बादलको प्रतिवेदनमा महासचिव शंकर पोखरेलको प्रारम्भिक मस्यौदाले नेतृत्व परिवर्तन र पुनर्गठनको विषयलाई प्राथमिकता दिएको भन्दै त्यसको आलोचना गरिएको छ। एक निर्वाचनको पराजयलाई आधार बनाएर अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने बहस उचित नभएको प्रतिवेदनको निष्कर्ष छ।
प्रतिवेदनले निर्वाचन परिणामलाई तत्कालीन असामान्य राजनीतिक परिस्थितिसँग जोड्दै ओली नेतृत्वको समेत प्रतिरक्षा गरेको छ। साथै ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र पुस्तान्तरणको प्रस्तावप्रति असहमति जनाउँदै एमालेको क्याडरआधारित संगठनात्मक संरचनालाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।












प्रतिक्रिया