‘सांस्कृतिक कला प्रतियोगिता २०८३’ आयोजना हुँदै


काठमाडौं

नेपाली कला, संस्कृति तथा मौलिक सम्पदाको संरक्षण, प्रवर्द्धन एवं युवा पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले लिडर सोसाइटीको आयोजनामा ‘सांस्कृतिक कला प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ असोज ४ गते आइतबार बिहान १०:४५ बजे काठमाडौंको मरुस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा सञ्चालन हुने बताइएको छ। प्रतियोगितामा ८ देखि ११ वर्ष र १२ देखि १६ वर्ष उमेर समूहका सहभागीले प्रतिस्पर्धा गर्न सक्नेछन्। प्रतियोगिताले बालबालिका तथा किशोरकिशोरीको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै नेपाली कला, संस्कृति, परम्परा र सम्पदाप्रति रुचि तथा जागरूकता बढाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।