काठमाडौं ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बिहीबार बिहान ११ बजेसम्म १ हजार ३ सय ७४ जनाको शव फेला परेको छ । बाढी प्रभावित विभिन्न आठ जिल्लाबाट शव फेला परेका हुन् ।
प्रहरीका अनुसार रसुवामा १ सय ७८, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २८ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ६ सय ३९ गरी कुल २ हजार ९ सय २५ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।
पहिचानको प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय ४८ शव व्यवस्थापन गरिएको छ । पहिचान हुन बाँकी १ हजार २ सय ९२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यलाई निरन्तरता दिँदै ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
अझै ४ हजार ८९ जना बेपत्ता रहेकाले खोजी कार्य जारी छ । यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा २ हजार ९ सय ८९ जना राखिएका छन् । प्रहरीले बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावितको उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर अभियान जारी राखेको जनाएको छ ।












प्रतिक्रिया