मिनी ट्रकको ठक्करले सिन्धुलीमा एकको मृत्यु, दुई घाइते


काठमाडौं ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार राति मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १८१४ नम्बरको मिनी ट्रकले पैदलयात्री माइते राईलाई ठक्कर दिएको थियो। ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसपछि ट्रकले नजिकै रहेको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक सुरेश कुमार साह र पछाडि सवार सुशान्त साह सामान्य घाइते भएका छन्।

दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।