करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

0
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ बागचौरी स्थित विद्युत पोलमा चढेर विद्युत बनाउने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाका कर्मचारीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं १० बोक्से चोकमा घर भएका ४५ वर्षका रामकृष्ण राजधामी नाम गरेका नेपाल विद्युत प्राधिकरणको गाईघाट शाखामा कार्यरत रहेका थिए ।

विद्युतका कर्मचारी राजधामी त्रियुगा नपा ८ स्थित बागचौरी गाउँमा विद्युत मर्मत सम्भारकालागि गएको र विद्युतको पोलमा चढेर बनाउन लाग्दा साँझ साढे पाँच बजे करेन्ट लागेर घाइते भएका थिए ।

घाइते राजधामीलाई उपचारकालागि उदयपुर जिल्ला अस्पताल ल्याएकोमा उपचार हुँदा हुँदै उनको साँझ ६ बजेर १० मिनटमा ज्यान गएको र सो घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।