काठमाडौं ।
गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान नगर्न सबैमा आग्रह गरेको छ।
मन्त्रालयका अनुसार राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० किलोग्रामसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र उडान अनुमति दिइनेछ।
अनुमतिबिना अन्य ड्रोन उडाएको पाइएमा एन्टी-ड्रोन टोलीमार्फत नियन्त्रणमा लिएर जफत गरिने मन्त्रालयले चेतावनी दिएको छ।
उद्धार तथा राहत कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन बाढी प्रभावित क्षेत्रमा ड्रोन उडानसम्बन्धी व्यवस्था पालना गर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो।












प्रतिक्रिया