काठमाडौँ ।
सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभाबित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ।धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका हुन् । जस अन्तर्गत धादिङको मलेखु र गल्छी , नुवाकोटको देबिघाट, कोलोनी ,रातमाटे,तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली हाइड्रो ३ए , त्रिशुली हाइड्रो ३ बी , स्याफ्रुबेशी र बोगटिटारमा गरि १२ वटा बेश स्थापना भएको हो ।
उद्दार कार्यलाइ थप प्रभाबकारी बनाउन स्थापना भएका बेश मध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोली समेत रहेको छ । ती बेशहरुमा १५ देखि ३५ जना सम्मको संख्यामा उद्दार टोली खटाइएको छ भने बिशेष तालिमप्राप्त उद्दारक समेत रहेका छन् । ति बेसमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु {सीएसएसआर}, मेडिकल फस्ट रेस्पोन्डर{ एमएफआर}, पढ डग स्वार्ड , ड्रोन, रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम, मास क्याजुअल्टी भेकल {एमसिभी } सहितका बिशेष टोली परिचालन गरिएको छ ।












प्रतिक्रिया