काठमाडौं ।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको सहयोगार्थ प्रतिनिधि सभा सदस्य माननीय रत्न कुमारी थापाको पहल तथा समन्वयमा संकलन गरिएको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्धार तथा राहत समितिलाई हस्तान्तरण गरिएको छ।
बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पुर्याउने उद्देश्यले देश तथा विदेशमा रहेका नेपालीहरूको सहकार्यमा राहत सामग्रीको व्यवस्था गरिएको हो।
यस अभियानमा बेलायतको York St John University का सन् २०२५ ब्याचका नेपाली विद्यार्थीहरू तथा रुस र नेपालमा व्यवसायरत नेपालीहरूको आर्थिक सहयोग रहेको थियो। उनीहरूको सहयोग तथा माननीय थापाको पहल र समन्वयमा व्यवस्था गरिएको राहत सामग्री पीडित नागरिकसम्म पुर्याउने उद्देश्यले रास्वपाको केन्द्रीय कार्यालयमा उद्धार तथा राहत समितिलाई हस्तान्तरण गरिएको हो।
राहत सामग्री हस्तान्तरण गर्दै माननीय थापाले विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन घडीमा सहयोगका लागि हातेमालो गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि पीडित नागरिकको सहयोगका लागि आवश्यक पहल, समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो।












प्रतिक्रिया