काठमाडौं ।
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित उत्तरगया मिनी मार्ट रहेको घरबाट २४ वटा शव निकालिएको छ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरभित्र ठूलो संख्यामा मानिसको मृत्यु भएको हो।
प्रहरीले खोजीका क्रममा २४ शव निकालेको र अन्य स्थानमा समेत खोजी जारी रहेको जनाएको छ। निकालिएका शवको मुचुल्का गरी पहिचान गर्ने काम भइरहेको छ। पहिचान हुन बाँकी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने प्रहरीले जनाएको छ।












प्रतिक्रिया