रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही भेटिएनन्, फर्कियो उद्धार टोली


काठमाडौं।

रसुवामा गत बुधबार बिहान आएको भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ।

बाढीपछि सुरुङभित्र मानिस फसेको हुनसक्ने आशंकामा नेपाली सेनाको उद्धार टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। करिब २५० मिटर लामो सुरुङमा उद्धार टोली २२५ मिटरसम्म प्रवेश गरी खोजी गरेको सेनाले जनाएको छ।

सुरुङभित्र खोजी गर्दा कुनै व्यक्ति नभेटिएपछि उद्धार टोली फर्किएको छ । खोजीका क्रममा सुरुङको भित्री भागको अवस्था बुझ्न ड्रोनसमेत प्रयोग गरिएको थियो।

सेनाका अनुसार सुरुङको उपलब्ध भागसम्म विस्तृत रूपमा खोजी गर्दा पनि मानिस फेला नपरेपछि तत्कालका लागि खोजी कार्य सम्पन्न गरिएको हो।