काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको हो। पार्टीले नगद सहयोगसँगै प्रभावित जिल्लामा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको जनाएको छ।
प्रवक्ता ज्वालाले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु पार्टीको दायित्व भएको बताउँदै निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।











प्रतिक्रिया