काठमाडौं ।
रसुवा जिल्लामा आएको बाढीका कारण प्रभावित २ हजार ६९७ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार भदौ १४ गते बिहान ७ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट २ हजार ४९७ जनाको हवाई तथा २०० जनाको स्थलमार्गबाट उद्धार गरिएको हो।
हवाई उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक छन्। उद्धारमा १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियाली, ४ जर्मन, २ अमेरिकी, २ इटालियन र १ ओमानी नागरिक रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ३०० भन्दा बढी सैनिक उद्धार तथा राहत कार्यमा खटिएका छन्। साथै, जलविद्युत् आयोजनाका सुरुङका प्रवेशद्वार पत्ता लगाउने काम पनि भइरहेको छ। त्रिशूली हाइड्रोपावरको ‘घब्’ टनेलको प्रवेशद्वार खोज्ने क्रममा राति ठूलो वर्षा र खोलाको सतह बढेपछि काम केही समयका लागि रोकिएको सेनाले जनाएको छ।











प्रतिक्रिया