सिन्धुलीको खुर्कोटमा सुनकोशीको जलसतह सतर्कता तह पार


सिन्धुली । 

सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीको जलसतह सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ः५० बजे खुर्कोट जलमापन केन्द्रमा नदीको सतह ७.६९ मिटर पुगेको हो।

खुर्कोटमा ७.५ मिटरलाई सतर्कता तह र ८.६ मिटरलाई खतराको तह मानिन्छ। अविरल वर्षाका कारण नदीको बहाव अझै बढ्न सक्ने भन्दै महाशाखाले सिन्धुली र रामेछापका नदी तटीय तथा होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

नदीको जलसतह बढेसँगै तटीय क्षेत्रमा डुबान तथा कटानको जोखिम बढेको महाशाखाले जनाएको छ।