काठमाडौं ।
पछिल्लो २४ घण्टामा कञ्चनपुरसहित सिन्धुपाल्चोक, अर्घाखाँची तथा धादिङ–गोरखा सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरमा सबैभन्दा बढी १४१ मिलिमिटर वर्षा मापन भएको छ। आरुघाटमा १२४.४, सिन्धुपाल्चोकमा १२३.२ र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
५० देखि १०० मिलिमिटरसम्म भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।
भारी वर्षाका कारण कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम बढेको छ। विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।











प्रतिक्रिया