उदयपुर ।
उदयपुरको रौतामाई गाउँपालिकाले वडा नं ७ मा रहेको पुँवारे कृषि सहकारी संस्थालाई अनुदानमा उपलब्ध गराएको बिउ रागो संस्थाको निर्णय विना नै आफूखुसी कोषाध्यक्षका पति रास्वपाका नेताले बिक्री गरेर ४० हजार रकम हिनामिना गरेको पाइएको छ ।
रौतामाई गाउँपालिकाले कृषकहरुको आय आर्जन गर्न तथा कृषि उत्पादन बढाउन पशुपालन तथा कृषिमा अनुदान दिएको उक्त राँगो रौतामाई गाउँपालिका वडा नं ७ स्थित पुँवारे गाउँमा रहेको पुँवारे कृषि सहकारी संस्थालाई गजेन्द्र खड्का गाउँपालिका अध्यक्ष भएको समयमा आ. ब २०७८।०७९मा रु. १ लाख अनुदानमा उपलब्ध गराइएको थियो । तर संस्थाकी कोषाध्यक्ष विमला खडका रायले संस्थाको निर्णय बिना नै आफू खुसी १ लाख १० हजारमा बिक्री गरेर ७० हजारमा अर्को राँगा खरिद गरेको बताइएको छ । यसमा रु. ४ण् हजार रुपैया संस्थालाई फिर्ता नगरी हिनामिना गरेको बताइएको छ ।
यस विषयमा रौतामाई गाउँपालिकाका पूर्व अध्यक्ष गजेन्द्र बहादुर खड्काले आफ्नो कार्यकालमा रु.१ लाख नगद अनुदान बिउ राँगो भैसी पालन व्यवसाय प्रवद्र्धनकालागि उपलब्ध गराएको जानकारी हाल उक्त रागो संस्थाको निर्णय विना नै दिंदै १ लाख १० हजारमा बिक्री गरेर अर्को राँगो खरिद गरेको आफूले जानकारी पाएको बताउनु भयो ।
राँगो खरिदकर्ता तिलक तामाङसँग जिज्ञासा राख्दा आफूले १ लाख १० हजारमा उक्त राँगो खरिद गरेको र संस्थागत राँगो भनेर आफूलाई बिक्रीकर्ता विमला खड्का रायले जानकारी नदिएको र आफूले निजी राँगो भनेर खरिद गरेको बताए । उनले संस्थागत राँगो खरिदगर्दा संस्थागत निर्णय गराएर कानुन अनुसार खरिद गर्ने बताए ।।
यस विषयमा पुँवारे कृषि सहकारीका अध्यक्ष हेम कुमार मगरले सो राँगो रौतामाई गाउँपालिकाले आफू संस्थाको अध्यक्ष हुनुभन्दा पहिले दिएको हो । राँगो बिक्री गर्न संस्थाले कुनै पनि निर्णय गरेको आफूलाई जानकारी नभएको बताए ।
उनले उक्त राँगो १ लाख १० हजारमा बिक्री गरेर त्यसको ठाउामा अर्को राँगो ल्याएको भन्ने आफूले सुनेको र अर्को राँगो कतिमा खरिद गरेको हो त्यस बारेमा आफूलाई जानकारी नभएकोले आउँदा दिनमा बैठक बसेर यस विषयमा छलफल गरिने बताए ।
यस विषयमा पुँवारे कृषि सहकारी संस्थाकी कोषाध्यक्ष विमला खड्का रायले संस्थाको निर्णय विना नै राँगो बुढो र बिरामी भएकोले ७० हजारमा बिक्री गरेर ७० हजारमै अर्को राँगो खरिद गरेको बताइन । सो संस्थाको कोषाध्यक्ष विमला भए पनि यो सबै कारोबार रास्वपाका स्थानीय नेता विमलाका पति राजन राय मार्फत भएको र संस्थालाई डुवाउन १ लाख १० हजारमा राँगो त्रिकmी गरेर ७० हजारमा बिक्री गरेको भनि हल्ला फिजाएर आफू जोगिने प्रपञ्च रचिएको र ४० हजार रुपैया संस्थालाई फिर्ता नगरी हिनामिना गरेको स्थानीयले बताएका छन् ।
यस विषयमा रौतामाई गाउँपालिका वडा नं ७ का वडाध्यक्ष मनोज कुमार राना मगरका अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पालिकाका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति रहेकोले सो समितिले पालिकाभित्रका विकास निर्माण तथा अनुदान सहयोग लगायतका कामहरुको अनुगमन गनै जिम्मेवारी भएकोले अनुगमन गर्नु पर्छ ।
उनले आफुले पनि अनुदानको राँगो संस्थागत निर्णय विना नै बिक्री गरेको भन्ने जानकारी स्थानीय मानिसहरुबाट पाएको हो । संस्थाले संस्थाको नियम कानुन अनुसार निर्णय गरेर सूचना निकालेर बिक्री गरेर पुनः खरिद गर्दा पनि कानुनी प्रक्रिया पुरा गरेर नियमानुसार खरिद गर्नू पर्नेमा सो नगरेको जानकारी आफूले पाएको बताए ।
संस्थालाई दिएको अनुदानको राँगो बिक्री गरेको विषयमा रौतामाई गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक भुपेन्द्र थापाले यस बारेमा आफूलाई पनि राम्ररी जानकारी नभएकोले बुझ्ने जानकारी दिंदै पालिकाले दिएको कुनै पनि प्रकारको ्अनुदान संस्थागत निर्णय तथा कानुन अनुसार हुनु पर्दछ र यदि संस्थागत निर्णय विना र कानुन विपरित भएमा कार्वाही हुने बताए ।
यस विषयमा प्रतिक्रियालिन राँगा बिक्री गर्ने कोषाध्यक्ष विमला रायका पति राजन रायसँग फोन सम्पर्क गर्दा आगमनकल निषेध गरिएकोले सम्पर्क हुन सकेन ।











प्रतिक्रिया