नवलपरासी ।
भाेटेकाेशी तथा त्रिशुली नदीकाे बाढीमा परेका मानिसहरूकाे २ सय २० शव नारायणी नदीकाे तटीय क्षेत्र नवलपरासी पूर्व र पश्चिममा फेला परेकाछन् ।
पूर्वी नवलपरासीकाे गैडाकाेट,देवचुली,कावासाेती,मध्यविन्दु र विनयी त्रिवेणी नगर तथा गाउँ पालिकाकाे नदी किनारमा ३५ महिला ५७ पुरूष १० बालक ११ बालिका तथा ५२ मानव अंङ्ग फेला परेकाे हाे ।
फेला परेका ४९ शवलाई जिल्लामा पर्याप्त सुरक्षित शव गृह नहुँदा गण्डकी अस्पताल पाेखरा तथा प्रदेश अस्पताल पाल्पा पठाईएकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितले बताउनु भयाे ।
त्यसै गरि नवलपरासी पश्चिमकाे सुस्ता गाँउपालिका वडा नम्बर ४ र ५ अन्तरगत नारायणी नदीका विभिन्न ठाेकरहरूमा मानव शवहरू फेला परि रहेकाछन् ।
पश्चिम नवलपरासीमा १२ महिला २५ पुरूष १ बालक र २ बालिकाकाे शव र १५ टुक्रिएका मानव अङ्ग फेला परेकाे सुचना अधिकारी प्रनाउ मदन थापाले बताउनु भयाे ।
फेला परेका शवहरूलाई रूपन्देहीकाे भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल,पिपरा अस्पताल पिपरा कपिलवस्तु र जिल्ला अस्पताल परासीमा पारिवारजनकाे पहिचानका लागि सुरक्षित व्यवस्थापन गरि राखिएकाे प्रनाउ थापाले बताए ।
भेटिएका शव मध्ये नवलपरासी पूर्वमा २ महिला र १ पुरूषकाे शव पहिचान भई सनाखत समेत भएकाे छ भने पश्चिम नवलपरासीमा १ जना महिलाकाे पहिचान भई सनाखत गरेर परिवारले शव बुझि लगेकाे प्रहरी विवरणमा उल्लेख रहेकाे छ ।











प्रतिक्रिया