बाढीपीडितको पुनर्वासका लागि BLC र बसन्त चौधरी फाउण्डेसनको रु. ३ करोड सहयोग


काठमाडौं ।

नेपालका विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि BLC अन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा रु. ३ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

बाढीबाट हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट वञ्चित भएको भन्दै सुरक्षित आवास र पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरिएको हो। सम्बन्धित निकायसँग समन्वय गरी उक्त रकम वास्तविक बाढीपीडित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा खर्च गरिने जनाइएको छ।

BLC परिवारले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी तथा सामाजिक संस्थाप्रति सम्मान व्यक्त गर्दै विपत्तिको समयमा पीडितलाई सहयोग गर्न सबैमा आग्रह गरिएको छ।