काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न संघ–संस्था, कम्पनी, क्लब तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
कार्यालयले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री राहतस्वरूप उपलब्ध गराउन इच्छुकलाई एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा सामग्री बुझाउन अनुरोध गरेको हो। संकलित सामग्री सम्बन्धित सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा पीडितसमक्ष पुर्याइने कार्यालयले जनाएको छ।
राहतसम्बन्धी समन्वयका लागि प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ। नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा उपलब्ध QR मार्फत मात्र रकम जम्मा गर्न सकिने जनाइएको छ।












प्रतिक्रिया