नवलपरासी।
भाेटेकाेशी नदीकाे बाढीमा परि बग्दै आउने क्रममा नारायणी नदीमा भेटिएका मानव शवहरूलाई सुरक्षित व्यवस्थापनका लागि पाल्पा र पाेखरा पठाइएकाे छ ।
जिल्लामा भेटिएका शव मध्य ८ ओेटा लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा र ४१ ओटा शवलाई सुरक्षित गर्न गण्डकी प्रदेश अस्पताल पाेखरा पठाइएकाे प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बताए ।
नारायणी नदीमा भेटिएका शव र मानव अंङ्गहरू कतिपय विदेशी नागरिकका पनि हुन सक्ने र पहिचानमा ढिलाई हुँदा फरेन्सिक जाँच सम्मकाे अवस्थामा पुग्नु पर्ने भएकाेले सबै शवहरूलाई सुरक्षित गर्न अत्यावश्यक हुने सम्बद्ध विज्ञहरू बताउछन् ।
जिल्लामा भरपर्दाे वातानुकुलित शवगृहकाे अभाव रहेकाेले भेटिएका कतिपय शवलाई वाह्य जिल्ला पठाउने जिल्ला विपद् व्यवस्थापन समितिले बिहिवार निर्णय गरेकाे थियाे ।
जिल्लामा हाल सम्म ७६ पहिचान हुन सक्ने तथा ११ ओटा मानव शरीरका विभिन्न भागका अंङ्गहरू नारायणी नदीका विभिन्न तटीय क्षेत्रमा भेटिएकाे जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार भेटिएका शव मध्य २४ महिला ३६ पुरूष ६ बालक र १० बालिका रहेकाछन् ।
नारायणी नदीमा भेटिएका कतिपय शवलाई सुरक्षित शव गृह नहुँदा गैडाकाेट तथा मध्यविन्दु नगर अस्पतालमा एसीकाे चिसाे प्रवाह मिलाई राखिएको छ ।











प्रतिक्रिया