काठमाडौं ।
रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको हो।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया