बाढीबारे चीनको खण्डन, ‘पूर्वसूचना नदिएको’ आरोप असत्य


काठमाडौं ।

रसुवागढी–केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोपको चिनियाँ दूतावासले खण्डन गरेको छ।

दूतावासले दुई देशबीचको सीमा क्षेत्रमा भएको विपद्बारे लगाइएका आरोपलाई ‘फेक न्युज’ भन्दै पूर्णतः भ्रामक र असत्य भएको जनाएको छ। चीनले पूर्वचेतावनी नदिएका कारण नेपालमा ठूलो मानवीय क्षति भएको र चीनतर्फको भौगर्भिक विपद् बाँध भत्किएर नेपालमा क्षति पुगेको भन्ने दुवै आरोप गलत भएको उसको दाबी छ।

दूतावासका अनुसार २६ अगस्ट २०२६ बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तै झड्कासहित हिमपहिरो गएको थियो। त्यसपछि ठूलो पहिरो खसेर रसुवागढी–केरुङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ मानवीय क्षति तथा मानिस बेपत्ता हुने अवस्था सिर्जना भएको चीनको भनाइ छ।

विपद्को समयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा उद्धार तथा राहतमा सहकार्य गर्नुपर्नेमा जोड दिँदै दूतावासले ‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ’ भनेको छ।

Skip This