काठमाडौं ।
रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार र राहत वितरण कार्यलाई तीव्र पारिएको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा विशेषज्ञ टोलीसहित उद्धार तथा राहत व्यवस्थापनको काम अघि बढाइरहेका छन्। नुवाकोट जिल्लाका स्टार अस्पताल र त्रिशूली अस्पताल तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्मनजिकको स्थान पहिचान गरी विशेषज्ञ चिकित्सकसहितका टोली परिचालन गरिएको छ।
नेपाल एपीएफ अस्पतालमा रहेका १०० बेड घाइतेहरूको उपचारका लागि छुट्याइएको छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा १०० बेड क्षमताको Disaster Relief System (DRS) सक्रिय गरिएको छ। साथै, विभिन्न संरचना तथा जलविद्युत् आयोजनालगायतका स्थानमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार कार्य निरन्तर भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत सामग्री व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ।
रसुवा गुल्ममा दुईवटा DRS कन्टेनर राखिएको छ, जसबाट करिब २०० जनालाई पुग्ने सामग्री उपलब्ध हुने जनाइएको छ। बाढीबाट प्रभावित ४८ वटा वडामा रहेका सशस्त्र प्रहरी बलका युनिटमार्फत विपद् सूचकहरूसँग सूचना संकलन गर्ने प्रयास भइरहेको छ। आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै काठमाडौंंबाट चारवटा जेनेरेटर र इन्धन समेत पठाइएको छ। मेडिकल तथा प्यारामेडिकल जनशक्ति, Mass Casualty Vehicle Dead Body Management (DBM) विशेषज्ञ, क्याम्प समन्वय तथा व्यवस्थापन विशेषज्ञ टोलीसमेत परिचालन गरिएको छ। उद्धारमा Medical First Responder (MFR), Collapsed Structure Search and Rescue (CSSR) तथा गोताखोर एवं Swift Water Rescue तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ।
यसैगरी, ६ वटा ड्रोनसहित ड्रोन स्क्वाड परिचालन गरिएको छ। ड्रोनबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारको निगरानी भइरहेको छ। हालसम्म ड्रोनको प्रयोगबाट १२ वटा शव लोकेट गरिएको जनाइएको छ। बाढीबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि १६७ वटा Dead Body Covering Bag पठाइएको छ। उद्धारसँगै घाइतेको उपचार, शव व्यवस्थापन, राहत सामग्री वितरण र सम्पर्कविहीन व्यक्तिको खोजीलाई एकीकृत रूपमा अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।














प्रतिक्रिया