काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीको जोखिमलाई मध्यनजर गर्दै चीनसँग सूचना आदानप्रदानलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।
सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले थप बाढी आउन सक्ने जोखिमबारे जनतालाई समयमै सुसूचित गर्नुपर्ने बताए। उनले विपद्पछिको उद्धार, राहत र मानवीय सहयोगमा सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रचण्डले कोशी ड्याम विस्फोट, जुरे पहिरो र महाभूकम्पका बेला दलहरूले गरेको सहकार्यको अनुभवका आधारमा अहिले पनि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचानभन्दा माथि उठेर राहत, उद्धार र पुनर्निर्माणमा जुट्नुपर्ने बताएका छन्। उनले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका लागि सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका छन्।














प्रतिक्रिया